हजुरबुबाको स्मृतिमा सूचना आयुक्त पोखरेलद्वारा अक्षयकोष स्थापना

0
170

खोटाङ, १० माघ । आफ्ना हजुरबुबा कालीप्रसाद पोखरेलको सम्झनामा राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले ‘मुखिया कालीप्रसाद स्मृति अक्षयकोष’ स्थापना गरेका छन् ।

उनले आफ्नो जन्मथलो खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित सिम्पानी उच्च माविमा रु एक लाख १५ हजारको अक्षयकोषको स्थापना गरेका हुन् । अक्षयकोषकोे रकमबाट आएको ब्याजले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार एक छात्र र एक छात्रालाई विद्यालयको वार्षिक उत्सवका अवसरमा छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेले बताएका छन् ।

सिम्पानीमा रहेर सामाजिक क्षेत्रमा ठूलो योगदान पुर्याएको भन्दै आयुक्त पोखरेलले स्व मुखिया कालीप्रसादका नाममा अक्षयकोषको स्थापना गरिदिएको विद्यालयले बताएको छ ।

सिम्पानीमा जन्मिएका आयुक्त पोखरेल सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रमको सिलसिलामा खोटाङ आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here