घाइतेको उपचारमा कुनै कन्जुस्याई नगर्न देउवाले गरे सरकारसँग अनुरोध

0
179

काठमाडौँ, फागुन २९ । विमान दुर्घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जानकारी लिएका छन् ।

सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर उनले आज घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

पूर्व प्रधानमन्त्री देउवाले घाइतेसँगको भेटमा स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याई नगर्न सरकारसँग अनुरोध गरेका छन् ।

सभापति देउवाले दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकारसँग पहल गर्ने बताएका छन् ।

उपचारमा कुनै कमी आउन नदिन र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग आजै पहल गर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here