काँग्रेस सभापति पंगेनीको हृदयघातबाट निधन

0
607

वालिङ, साउन २० । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ ।

स्वास्थ्यमा अकस्मात समस्या आएपछि उपचारका लागि आज बिहान ६.०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा पुर्याइएको थियो ।

उनको उपचारकै क्रममा ६.३० बजे निधन भएको हो । नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बनिसकेका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस स्याङजाका नेता एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले बताए ।

एक श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली काँग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र भोलि अन्येष्टि गरिने काँग्रेस स्याङजाले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here