नेपाललाई साइक्लिङमा दुई स्वर्ण

0
53

काठमाडौं, मंसिर १८ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाई सोही स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जितेका छन् ।

महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पार्न सफल भएकी छिन् । दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here