प्रदेशका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र वितरण गर्ने

0
220

काठमाडौं, माघ ५ । प्रदेशका समानुपातिक सांसदलाई निर्वाचन आयोगल आज प्रमाणपत्र वितरण गर्ने भएको छ । मंसिर १० र २१ गते भएको प्रदेशसभा निर्वाचनका निर्वाचित समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र वितरण गर्ने भएको हो ।

प्रदेश प्रमुखको नियुक्ति भएसँगै आयोगले शुक्रबार विजयी प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र दिन लागेको हो । २२० जना प्रदेशका समानुपातिक सांसदले प्रमाणपत्र पाउने छन्

संविधानअनुसार, निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्छ । प्रदेश प्रमुखले निर्वाचन परिणाम आयोगबाट पाएपछि सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here