जाजरकोटमा ट्याक्टर दुर्घटना चालक सहित ८ घाइते

0
579

– माया पन्त

जाजरकोट कात्तिक १६ । जाजरकोटको भेरी नगरपालिका १२ कुदुको लोदेखोलामा ट्याक्टर दुर्घटना हुँदा चालक सहित ८ जना गम्भीर घाइते भएका छन् ।

कुदुबाट फेरा जादै गरेको भे. १ त. १९४९ नम्बरको ट्याक्टर विपरित दिशाबाट आईरहेको गाडीलाई साईट दिने क्रममा दुर्घटना भएको हो । ट्याक्टर सडकबाट एक सय मिटर तल खसेको जाजरकोका प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

घाईते हुनेहरु भेरी नगरपालिका १३ का २० वर्षीय चालक लोकेन्द्र नेपाली, भेरी नगरपालिका १० का ११ वार्षीय हिमबहादुर नेपाली, भेरी नगरपालिका १३ का १५ वर्षीय दौलत रोकाय र हरिबहादुर रोकाय लगाएत ५ जनाको मानव विकास अस्पताल चौरजहारी रुकुममा उपचार भई रहेको छ ।

गम्भीर घाईते दलबहादुर बिक, नानकला बिक र नीरज बस्नेतको चौरजहारीमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here