सरकारमा बहुमतको दम्भ देखियो : डा प्रकाश शरण महत

0
818

काठमाडौं, असार ३ । कम्युनिष्ट एकतापछि सरकारमा दम्भ बढेकाले जथाभावी नियम कानून मिचेर काम गरेको आरोप नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले लगाएका छन् ।

नुवाकोट आदिवासी जनजाति संघद्वारा शनिबार आयोजित एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सारा समाजलाई पार्टीको नियन्त्रणभित्र ल्याउन डर त्रास र धम्कीका आधारमा हरेक क्षेत्रमा आतंक फैलाउने काम सरकारबाट भइरहेको महतले बताएका छन् ।

सरकारका पछिल्ला अभिव्यक्तिहरु कुनै पनि हालतमा जायज नभएको बताउँदै उनले सरकारले मुल्य वृद्धिको आधार नदेखाएको र मुल्य वृद्धिमा कुतर्क गरेको प्रस्ट पारेका छन् । नेपाली कांग्रेसले हरेक स्थानीय तहमा प्रशिक्षण कार्यक्रम अगाडि बढाउने डा महतले जानकारी गराएका छन् ।

जनताका हितमा नेपाली कांग्रेस र भातृ संगठनहरु सक्रिय रुपमा अघि बढ्न उनले अनुरोध गरेका छन् । उनले पार्टीभित्र एकता र सहकार्य आवश्यक रहेको प्रस्ट पारेका छन् ।

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसले २०७० सालको तुलनामा केही सुधार गरेकोसमेत उनले बताएका छन् । ०७० सालको निर्वाचनमा नेपाली कांग्रेसले २९ प्रतिशत मत प्राप्त गरे पनि यस बर्षको निर्वाचनमा ३६ प्रतिशत मत प्राप्त गरेको प्रस्ट्याएका छन् ।

नेपाली कांग्रेसको पराजय हुनुको प्रमुख कारण वाम गठबन्धन भएको प्रस्ट पार्दै डा महतले भने– नेका भित्रको असन्तुष्टी र निष्क्रियताका कारणले पार्टीले हार बेहोर्नु परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here