आजबाट हवाई सेवा बन्द

0
1485

भोजपुर, जेठ ८ । भोजपुर—काठमाडौँ हवाई उडान आजबाट बन्द हुने भएको छ । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेपछि सर्वसाधारण मारमा परेका छन् ।

नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको हो । मर्मत गर्नुपर्ने भएकै कारणले हवाई सेवा बन्द गर्नुपरेको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले बताए ।

हवाईसेवा अवरुद्ध भएपछि बिरामी, वृद्धवृद्धाहरुलाई झन् बढी समस्या पर्ने भएको छ । निगमले भोजपुर—काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार उडान भर्दै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here