राणाको निधनमा शोक प्रस्ताव

0
424

काठमाडौँ, साउन २७ । आज बसेको प्रतिनिधिसभाको बैठकले लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि संघर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

सभामुख कृष्णबहादुर महराले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । सो बैठकमा उनको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

उनी वि.सं २०१५ को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्का तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका उनी नेपालको प्रथम संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासमेत भएका थिए ।

नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य राणाको ९१ वर्षका उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातबाट निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here