‘कम्युनिष्टबीचको ध्रुवीकरणले मात्र श्रमिक वर्गको अधिकार सुनिश्चितता गर्न सकिने’

0
264

काठमाडौँ, वैशाख १८ । देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले अग्रगामी कम्युनिष्टबीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिने बताए ।

शुभकामना सन्देशमा अध्यक्ष दाहालले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार रहेको उल्लेख गरेका छन् । नेपाली जनताको मुक्तिकामी आन्दोलनमा श्रमिक वर्गको त्याग, तपस्या र बलिदानप्रति अध्यक्ष दाहालले कृतज्ञता ज्ञापन गरेका छन् ।

संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदूर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सकोस् भन्दै अध्यक्ष दाहालले नेपाल र विश्वका मजदूरमा १२९ औँ मई दिवसको शुभकामना प्रदान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here