राजधानीमा असार ४ देखि प्रथम विज्ञान प्रविधि सम्मेलन हुँदै

0
221

काठमाडौँ, जेठ ४ । पछिल्लो समय विज्ञान, सुचना तथा प्रविधिको क्षेत्र निकै फराकिलो बन्दै गइरहेको छ । जसको प्रभाव मानिसमा प्रत्यक्ष रुपमा परि नै रहेको छ । यसको प्रयोगले मानिसको जीवन निकै सरल बन्दै गइरहेको छ ।

विज्ञान, सूचना तथा प्रविधिका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्थाका बारेमा समीक्षा गर्दै आगामी १० वर्षका लागि आवश्यक कार्यनीति तय गर्न आगामी असार ४ देखि ६ गतेसम्म राजधानीमा प्रथम विज्ञान तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन आयोजना हुने भएको छ ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा हुन लागेको उक्त सम्मेलनमा प्राकृतिक विज्ञान, चिकित्सा र आयुर्वेद, इन्जिनियरिङ र पदार्थ विज्ञान, जीवन विज्ञान, सूचना, सञ्चार तथा प्रविधि, कृषि तथा वन विज्ञान, विकिरण तथा ऊर्जा, अति सूक्ष्म प्रविधि र व्यावसायिक शिक्षा गरी १२ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।

विज्ञानलाई सर्वसाधारण जनतासँग प्रत्यक्ष रुपमा जोड्न आवश्यक ठान्दै पहिलोपटक यस्तो खालको सम्मेलन आयोजना गर्न लागिएको सम्मेलनका संयोजक खिम पन्थीले जनाए । सम्मेलनका बारेमा जानकारी गराउन आज आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाली युवाले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरिरहेका आविष्कार, अनुसन्धानलाई आमसमुदाय, वैज्ञानिक र नीतिनिर्मातामा प्रस्तुत गर्नु सम्मेलनको उद्देश्य रहेको उनले बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)का प्राज्ञ ऋषि शाहले नेपाली युवा वैज्ञानिकलाई देशभित्रै अध्ययन अनुसन्धानमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् ।

यसैबीच नेपाल भ्रमणका लागि आएकी नासाकी पूर्व अन्तरिक्ष यात्री सान्द्रा म्यागनसले अन्तरिक्ष विज्ञानसम्बन्धी विशेष प्रस्तुति दिएकी थिइन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्थान (नास्ट) सँगको सहकार्यमा यही जेठ १६ गते हुने विशेष कार्यक्रमले विद्यार्थीलाई अन्तरिक्षसम्बन्धी कुराहरु बुझ्न सहयोग पुर्याउँछ ।

यस कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले आफ्नो प्रश्न ३० सेकेन्डसम्मको भिडियो जेठ ११ गतेसम्म पठाउनु पर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

उक्त अवसरमा पहिलो अन्तरिक्ष चित्रकला प्रतियोगिता २०१७, चौथौ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१७ तथा दोश्रो विज्ञानमा महिला पुरष्कार २०१८ का विजेताहरुलाई पुरस्कार वितरण गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here