नेपाल विद्यार्थी संघद्वारा सानोठिमी क्याम्पसमा तालाबन्दी

0
256

भक्तपुर, कात्तिक २१ । मध्यपुरथिमि– २, सानोठिमीस्थित सानो ठिमी शिक्षा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ ।

क्याम्पस प्रशासनले आंशिक प्राध्यापक नियुक्त गरेको विषयमा विरोध जनाउँदै मंगलबार नेविसंघले गरेको तालाबन्दीपछि नेविसंघ सानोठिमी क्याम्पस एकाइ सभापति एवं स्ववियु सानोठिमीका उपाध्यक्ष शतिश श्रेष्ठले विज्ञप्ति जारी गर्दै क्याम्पसलाई पार्टीका कार्यकताको भर्ती केन्द्र बनाएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा अनावश्यक रुपमा नियुक्त गरिएका आंशिक प्राध्यापकको नियुक्ति खारेज गरिनुपर्ने र विभागीय प्रमुखको समन्वयमा आवश्यकता अनुसार खुला विज्ञापनमार्फत आंशिक प्राध्यापक नियुक्त गर्नका लागि माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here