लेखु सहयात्रीको स्वरमा ‘टेलिफोनको टावर’ गीत सार्वजनिक

0
216

गीतकार तथा गायक लेखु सहयात्री र मेलिना राइको स्वरमा ‘टेलिफोनको टावर’ गीत सार्वजनिक भएको छ । गीतकार अम्बिका गुरुङको शब्दरहेको उक्त गीतमा दिपक शर्माको संगीतमा तयार गरिएको हो ।

सो गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । यो गीतले विशेषगरी ,केटाकेटीको रोमान्टिक प्रेम देखाउँछ । गीतकार गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन् ।

पछिल्लो समयमा म्यूजिक भिडियामा निकै व्यस्त देखिने नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको जोडी उक्त भिडियोमा राम्रो जमेको देख्न सकिन्छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका छन् ।

विधानले यसअघि पनि थुप्रै गीतको भिडियो तयार पारिसकेका छन् । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here