स्वतन्त्रता सेनानी शाक्यको निधन, काङ्ग्रेसद्वार दु:ख व्यक्त

0
213

ललितपुर, फागुन ४ । नेपाली काँग्रेसका नेता एवम् स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनमा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा र नेपाली काङ्ग्रेस ललितपुर सभापती मदन बहादुर अमात्यले दुःख व्यक्त गरेका छन् । नेपाली काँग्रेसका सभापती शेर बहादुर देउबा र ललितपुर जिल्ला सभापती मदन बहादुर अमत्यले शाक्य निवास पुगि पार्टीको झण्डा ओढाएर श्रदान्जली अर्पण गर्दै दुख ब्यक्त गरेका हुन् ।

ललितपुर उपमहानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका शाक्यको ८९ वर्षमा आज बिहान दुःखद निधन भयकोमा नेपाली काङ्ग्रेसले दु:ख व्यक्त गरेको हो । प्रजातन्त्र सेनानी सङ्घ ललितपुरका पूर्वअध्यक्षसमेत रहेका स्व शाक्यले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टीको सङ्गठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व शाक्यको निधनमा पार्टीका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

शाक्यको निधनले सिङो पार्टीलाई अपुरणिय क्षति पुगेको सभापति देउबाले बताएका छन् । काँग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शाक्यको निधनको खबरले मलाई अत्यन्तै दुःख लागेको छ, कठिन परिस्थिति, प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन र नेपाली काँग्रेसको सङ्गठन निर्माणमा शाक्यले पु¥याएको योगदानको पार्टीले उच्च सम्मान गर्ने सभापती देउवाले जनाएका छन् । देउवाले दुःखको यस घडीमा स्व शाक्यप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

सोही क्रममा ललितपुर काङ्ग्रेस सभापती अमात्यले शाक्यको निधनले सिङो पार्टीलाई क्षति पुगेको बताउदै उनले पार्टीमा पुर्याएको योग्दान को सदैब कदर गर्ने जनाएका छन् । सभापती अमात्यले दुःखको यस घडीमा स्व शाक्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । स्व शाक्यको अन्त्यष्ठि भोलि १२ बजे शन्खमुलमा गरिने सभापती अमात्यले बताएका छन । स्व शाक्यक एक छोरा र दुई छोरी रहेका छन् । ललितपुर महानगरपालिकाले भोलि (साेमबार) शाक्यको निधनको शोकमा सार्वजनिक बिदा समेेेत दिने भएको छ ।