लागुऔषधसहित पक्राउ

0
198

नेपाल प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले काठमाडौँ महानगरपालिका–३ खाडीपाखाबाट लागुऔषधसहित २६ वर्षीय विराज थापालाई बिहीबार राति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले झोलामा लागुऔषध बोकेर हिँडिरहेको अवस्थामा थापालाई पक्राउ गरिएको जानकारी गराएका छन् ।

पक्राउ थापासँग प्रहरीले फेनार्गन १०४ एम्पुल, नुर्फिन १०४ एम्पुल र डाइजेपाम १०४ एम्पुल बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तका प्रमुख प्रसाईँले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here