शिक्षा क्षेत्रमा राम्रो व्यवस्थापन हुन नसक्दा समस्या

0
320

पोखरा, भदौ ४ । राज्यको कूल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्ने माग गरिएको भए पनि नेपालमा १० प्रतिशत मात्र बजेट छुट्याइएकोमा वक्ताहरूले चिन्ता जनाएका छन् ।

क्षेत्रीय शिक्षा निर्देशनालयले आज आयोजना गरेको शैक्षिक सुधार, सुशासन, विकास र समसामयिक चासो विषयमा सञ्चार क्षेत्रसँगको सहकार्य सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले शिक्षा राज्यको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक डा भोजराज शर्मा काफ्लेले प्रत्येक राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा २० प्रतिशत बजेट छुट्याउने उल्लेख भए पनि व्यवहारिक रुपमा भने कार्यान्वयनमा आउन नसकेको जनाए ।

संघीय संरचना अनुसार शैक्षिक क्षेत्र स्थानीय तहको मातहतमा लैजाने भनिए पनि त्यसको राम्रो व्यवस्थापन हुन नसक्दा समस्या देखिएको उनको भनाई छ ।

निर्देशनालयका उपनिर्देशक तिलक सिलवालले संघीय संरचना अन्तर्गतको शैक्षिक व्यवस्थापन गर्न जिल्ला शिक्षा अधिकारी, वरिष्ठ प्रशिक्षक, राष्ट्रिय परीक्षा बोर्ड प्रमुखसँग अन्तक्र्रिया गरी आवश्यक सुझाव मन्त्रालयमा पेश गरिएको बताए ।

उपनिर्देशक युवराज बगााले, गुरुप्रसाद पौडेललगायतले शिक्षा क्षेत्रमा कर्मचारी व्यवस्थापनमा संरचनागत र क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालय व्यवस्थापनमा असहजता, सबै जिल्लामा अभिलेख संस्थागत हुन नसक्नुजस्ता समस्या विषयमा आ–आफ्ना विचार व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here