केज कन्सल्टेन्सीको लापर्वाहीले अस्पताल भवन निर्माण कार्यमा अन्योलता

0
757

इटहरी, चैत ३० । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न नसक्दा अन्योलता बढेको छ । उक्त अस्पताल भवन रु चार अर्ब ५० करोडको लागतमा निर्माण कार्य प्रारम्भ भएको हो ।

निर्माण कार्यको सुपरीवेक्षणको जिम्मेवारी लिइएको केज कन्सल्टेन्सीले उक्त भवन निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रचलनमै नरहेको तीन दशमलब पाँच प्रतिशत कन्सल्टेन्सी बापतको रकम लिए पनि काम भने अलपत्र बनाएको छ । अग्रिम रुपमा कन्सल्टेन्सी बापतको रु १४ करोड रकम भुक्तानी दिइसकिएको जानकारीमा आएको छ । तर, भवन बनाउने कार्य भने अधुरो र अलपत्र रुपमा स्थगीत भएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा रौनियारले कन्सल्टेन्सी बापतको रकम भुक्तानी दिएर उक्त भवन निर्माणबापत विनियोजित रकममध्ये को रु नौ करोड एमआरआई खरिदमा रकमान्तर गरेपछि भवन निर्माण कार्य अलपत्र परेको प्रतिष्ठानका जानकार पदाधिकारीहरुले आरोप लगाएका छन् ।

अस्पताल भवनको रु नौ करोड एमआरआई खरिदमा रकमान्तर गरिए पनि अन्तिममा त्यसको पनि सम्झौता रद्द गरिएपछि एमआरआई खरिद कार्य पनि अबरुद्ध भएको बताइएको छ । दुई वर्ष अवधि सकिए पनि ४० प्रतिशत मात्रै काम भएको प्रारम्भिक अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here