नवनियुक्त महानिरीक्षक खनालद्वयलाई दर्ज्यानी चिह्न प्रदान

0
340

काठमाडौँ, चैत २९ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

महानिरीक्षक खनालद्वयलाई गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हालेका छन् ।

खनालद्वयलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि पदबाट अवकाश पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here