राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको : नेपाल

0
268

रौतहट, फागुन ७ । राष्ट्र अब राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको र यसको नेतृत्व एमालेले गर्ने नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।

रौतहटको गौरमा आज प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेकाले छिटै एकीकरण हुने बताए ।

प्रेस चौतरी नेपाल रौतहट शाखाका अध्यक्ष आदर्श उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेता नेपालले एकीकरणको जिम्मा दुवै पार्टीले संयोजन समितिलाई दिएको सम्भवतः आजै यस कुराको निर्णय हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here