कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बस्दै

0
96

काठमाडौं, मंसिर १८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गतेका लागि बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी मुख्यालय सानेपामा मंसिर २६ गते दिउँसो १ बजेलाई बैठक बोलाइएको जानकारी गराएका छन् ।

मंसिर २६ गते हुने बैठकमा उपनिर्वाचनको समीक्षा, नेतृत्वविहीन भ्रातृ संस्था र पार्टीको केन्द्रीय विभागहरु गठन लगाएतका विषयमा केन्द्रित रहेर छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । भ्रातृ तथा सुभेच्छुक संस्थामा देखिएका समस्या सामधान गर्नका लागि उक्त बैठकले विशेष निर्णय गर्ने उनले सुनाए ।

सबै भ्रातृ संस्थाहरु अहिले नेतृत्व विहिन जस्तै अवस्थामा चलिरहेको छन् । त्यस्तै आगामी पुस ७ गतेमा सुरु हुने तेस्रो चरणको पार्टीको राष्ट्रिय जागरण अभियानबारे पनि छलफल उक्त बैठकमा छलफल गरिने प्रवक्ता शर्माले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here