तारा एयरको विमान दुर्घटना

0
679

नेपालगन्ज, जेठ २६ । जुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ।

नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई कलसाइनको विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएर धावनमार्गबाट चिप्लिएको थियो।

विमानको अगाडिको भाग भुइँमा बजारिँदै तारजालीमा गएर ठोक्किएको थियो।

दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगे पनि चालक दलका सदस्यसहित १६ यात्रु सकुशल रहेको जुम्ला विमानस्थलले बताएको छ।

विमानस्थल दुर्घटनापछि बन्द गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here