मानव स्वभाव र मानव बानी

0
430

मानव स्वभाव सार्वभौम रुपमा एउटै हुन्छ । अपवाद छोडेर यो सबै मानिसबीचमा एकै प्रकारको हुन्छ । मानिस निष्पक्ष हुन चाहन्छ तर आफ्ना स्वार्थहरू नभएका बिषयहरूमा । मानिसका केही विशेषताहरू छन्, तिनलाई हामीले बुझ्न सक्नु पर्दछ । ती विशेषताहरूमा प्रमुख भनेको मानिसका ज्ञानेन्द्रियहरुको क्षमता सीमित छ । आँखाले सीमित देख्दछ । कानले सीमित सुन्दछ आदि । यसले भ्रम पनि पालेको हुन सक्दछ । कहिले नजानेर र कहिले बानी र गलत सिकाईको कारण तथा कहिले त देखादेखि नै । नजानेर त हामीले धेरै गल्ति गरेका हुन्छौं ।

 कतिपय मानिसलाई साइकलप्रति साह्रै बढी आस्था थियो र बानी परेको थियो । पछि मोटरसाइकल, कार, जहाज समेतको आविष्कार हुँदा पहिला क्रान्तिकारी परिवर्तन गर्न सफल भनिएको साइकल नै सबैभन्दा उपयुक्त भन्नु विकासविरोधी चरित्र हो ।

उदाहरणको लागि अन्धविश्वासलाई नै लिन सकिन्छ । कहिले बानी परेको कारणले कुनै कुरा राम्रो लाग्ने कुनै कुरा नराम्रो लाग्नेको उदाहरण मुसाको मासुप्रतिको विमति बानीको कारणले नै हो । गलत सिकाई पनि त्यस्तै हो । कहिलेकाँहि हामीलाई जानाजान भ्रम हुन्छ । हामी निरपेक्ष कुरालाई सम्झनै सक्दैनौं । उदाहरणको लागि–दुईवटा भाँडामध्ये एउटामा सामान्य तातो पानी राखौं र एउटा भाँडोमा चिसो पानी राखौं । चिसो र तातो पानी दुवैमा एउटा–एउटा हात केही बेर राखौं, पछि हात बदलेर राख्दा चिसो पानी पहिलाको भन्दा बढी चिसो लाग्दछ र तातो पानी पहिलाको भन्दा बढी तातो लाग्दछ । यो किन भएको हो ? एउटा दिमागले पनि एउटा मात्र सत्य पत्ता लगाउन नसक्ने ? यस आधारमा हामी हाम्रा इन्द्रियजन्य सीमितताको बारेमा बुझ्न सक्दछौंं ।

पहिला साइकलको आविष्कार भएको समयमा मोटरसाइकल, कार, हवाईजहाज आदि आविष्कार भएका थिएनन् । साइकल यात्रा पैदल यात्रा भन्दा उन्नत, विकसित र प्रगतिशील थियो । कतिपय मानिसलाई साइकलप्रति साह्रै बढी आस्था थियो र बानी परेको थियो । पछि मोटरसाइकल, कार, जहाज समेतको आविष्कार हँुदा पहिला क्रान्तिकारी परिवर्तन गर्न सफल भनिएको साइकल नै सबैभन्दा उपयुक्त भन्नु विकासविरोधी चरित्र हो । र विज्ञानको भाषामा प्रतिगमन हो । राजनीतिमा पनि यस्तो भएको छ ।

अर्काेतर्फ ब्रम्हाण्ड असीमित छ र कुनै वस्तुका गुणहरूको तुलना गर्ने कार्य पनि असीमित हुन जान्छ । संभावना र प्रयोग पनि असीमित हुन जान्छ । मानिसको सीमित ज्ञान हुने हुँदा असीमित संसार र भविष्यका बारेमा पूर्ण ज्ञानको कल्पना गर्नु असंभव हो । मेहनतले बढी जानकारी लिन सकिएला, त्यो बढी भनेको अर्काे मानिसको भन्दा बढी हुन सक्दछ । तर सार्वभौम रुपमा बढी हुन सक्दैन । यो ज्ञान पनि पहिलेका अनुभवहरूले गर्दा पछिका मानिसहरूले बढी प्राप्त गर्नु स्वभाविक हो । तर हामी कुनै ज्ञान, बानी तथा परम्परालाई यो मात्र सत्य हो भन्न थाल्दछौं भने त्यो सत्यको उल्टो दिशामा गएको हुन जान्छ वा जान सक्दछ । त्यसको आधारमा वितण्डा मच्चाउन थाल्यौँ ज्ञठ लोकतन्त्र र समाजवाद
विमतिलाई विकाससँग सापेक्ष हुने गरेर समायोजन गर्न सकियो भने र कुनै पनि बानीप्रति लगाव नभई विकासप्रति लगाव हुने तथा समानताप्रति लगाव हुने संस्कारको विकास गर्न सकियो भने मात्र वास्तविक अग्रगमन सफल हुन सक्छ । चीनका कम्युनिष्ट नेता तेब सियाओ पेबले कम्युनिष्ट विरोधी बिरालोसम्बन्धी धारणा राखेको मैले अन्यत्र पनि उल्लेख गरेको छु ।

यसको लागि सकेसम्म नयाँ विचारलाई सकारात्मक रुपमा हेर्ने र उपयुक्त देखिए आत्मसात् गर्नु पर्दछ भन्ने सोच मानिसमा हुनु पर्दछ । यो लक्ष्य प्राप्त गर्न विचारको स्वतन्त्रता तथा विचारका आधारमा संगठनको स्वतन्त्रता र पृथक विचारहरूलाई समान मान्यता दिनु नै महत्वपूर्ण हुन जान्छ । सकेसम्म नयाँ विचार कसरी आउन सक्दछन् ?तिनलाई कसरी समाज उपयोगी बनाउन सकिन्छ ? भन्ने संयन्त्रलाई बलियो बनाउने कार्यले नै मानव विकासलाई तीव्र तुल्याउँदछ । नयाँ विचारलाई रोक लगाउनु भनेको ज्ञानको सीमिततालाइ बुझ्न नसक्नु र विकासलाई रोक लगाउनु हो । यो रोक भनेको ज्ञानको सीमिततालाई बुझ्न नसक्नु र विकासलाई रोक्नु पनि हुन जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here