मानव बेचबिखनमा संलग्न दुई महिलाविरुद्ध मुद्दा दर्ता

0
148

झापा, चैत २ । विभिन्न प्रलोभनमा पारेर महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा बिहीबार पक्राउ परेका दुई महिलालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ ।

विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएका भद्रपुर–१० निवासी ५० वर्षीया लीला भट्टराई र वुद्धशान्ति गाउँपालिका–३ निवासी ४८ वर्षीया मिङ्मा शेर्पालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here