किन बढ्दैछ विद्युत आपुर्तीमा समस्या ?

0
384

काठमाडौँ, पुष २४ । आधिकारिक रुपमा लोडसेडिङको घोषणा भने गरिएको छैन तर पनि विद्युत आपूर्तिमा समस्या समस्या देखिन थालेको छ ।

नेपाल विद्युत प्राधिकरणद्वारा लोडसेडिङको घोषणा नगरे पनि शनिबारदेखि बानेश्वर, कोटेश्वर, चावहिल, कपन र भक्तपुरमा विद्युत आपूर्तीमा समस्या देखिएको हो । जाडो बढेसँगै काठमाडौँको तापक्रम शुन्य डिग्री सेल्सियस मापन भइरहेको बेला लागातार तीन दिनदेखि बत्ती काटिँदा के भएको होला भन्ने जनचासोकोे विषय बन्न पुगेको छ ।

प्राधिकरणका अनुसार बानेश्वर सवस्टेशनमा जडान गरिएको नयाँ ट्रान्सफर्मरले लोड लिन लामो समय लगाएका कारण पछिल्लो समय केही क्षेत्रमा विद्युत आपूर्तीमा समस्या देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार बानेश्वरको सबस्टेशनमा रहेको १८ एमबिएको ट्रान्सर्फमर फेरिएको र उक्त ट्रान्सफर्मरले लोड लिन समय लगाएका कारण भक्तपपुर लगायतका स्थानमा विद्युत कटौती भएको जानकारी गराएका छन् ।

वैकल्पिक व्यवस्था गरेर भएपनि ती क्षेत्रमा विद्युत दिन खोजेपनि प्राधिकरणले लोड व्यवस्थापन गर्न नसक्दा समस्या आएको बताएको छ । ‘हामीले वैकल्पिक उपायका बारेमा पनि सोच्यौ र कार्यान्वयन गर्न खोज्यौ, तर त्यो उत्तम विकल्प देखिएन । अन्य सुवस्टेशनबाट विद्युत दिँदा झन् समस्या आउने र प्रसारण प्रणालीमा नै समस्या आउने देखिएको घिसिङको भनाई छ । प्राधिकरणका अनुसार प्राधिकरणको प्रणालीले नधान्दा वैकल्पिक व्यवस्था गर्न नसकिएको हो ।

बानेश्वरमा रहेको १८ एमभिएको ट्रान्सर्फमर पुरानो भएपछि प्राधिकरणले सोही क्षमताको ट्रान्सर्फमर जडान गरेको छ । तर ट्रान्सफर्मरलाई लोड दिन कम्तीमा पनि २४ घन्टा समय लाग्ने बताइए पनि हालसम्म पूर्ण रुपमा लोड लिइसकेको छैन । ट्रान्सफर्मरलाई पूर्ण रुपमा लोड धान्ने बनाउन उसलाई समान्य भोल्टेजमा विद्युत प्रवाह गर्नुपर्ने हुन्छ । उक्त कार्य जारी छ । हालसम्म करिब ७० प्रतिशत लोड लिएको प्राधिकरणले जानकारी गराएको छ ।

आज दिनभर ट्रान्सफर्मरलाई लोड दिएपछि सम्पूर्ण रुपमा समस्या हट्ने जनाइएको छ । प्राधिकरणले वैकल्पिक व्यवस्था गरेर विद्युत प्रवाह गराउने प्रयास गरिएपनि केही समय विद्युत जाने तथा आउने समस्या देखा परिरहेको छ । एक्कासी लोड दिदा ट्रान्सफर्मर पड्कन सक्ने भएकाले नियमित विद्युत दिन समस्या भएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मुलुकभर औद्योगिक क्षेत्रमा दैनिक तीन घन्टा बाहेक कही कतै पनि लोडसेडिङ नभएको र केही स्थानमा सवस्टेशन तथा ट्रान्सफर्मरको क्षमता वृद्धि गर्दा केही समय विद्युत जान सक्ने भएकाले धैर्य गर्न उपभोक्तालाई अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here