सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने : मुख्यमन्त्री राई

0
351

पाँचथर, वैशाख २४ । प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडो टुङ्गो लगाइने मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

आज फिदिममा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने बताए ।

संघीयता कार्यान्वयनका लागि सबै एक भएर लागिपर्नु पर्नेमा भन्दै उनले अहिले संघीयता कार्यान्वयन गराउन नचाहने शक्तिहरुले प्रदेश तहलाई कमजोर पार्न खोजिरहेको आरोप लगाएका छन् ।

जनताका काममा ढिलासुस्ती गर्ने प्रवृत्ति तोडिने र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाएर प्रदेश नं १ लाई समृद्ध बनाइनेमा पनि मुख्य मन्त्री राईले जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here