सुनको मूल्य घट्ने क्रम जारी

0
180

काठमाडौं, भाद्र २६ । एका एक आकासिएको सुनको मुल्यमा केही दिन यता गिरावट आएको छ । दुई महीनादेखि लगातार उकालो लागेको सुनको मूल्य पछिल्लो साता भने ओरालो लाग्ने क्रममा छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्यमा आइतबारबाट भने ओरालो लाग्ने क्रम बढेको छ ।

शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार ५०० पुगेको थियो भने मङ्गलबार सुनको मूल्य घटेर रु ७१ हजार पुगेको थियो । बुधबार भने सुनको मूल्य स्थिर रहेको थियो । आज पुनःसुनको मूल्यमा प्रतितोला रु २०० घटेर बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ । तेजाबी सुनको मूल्य रु ७० हजार ५०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासंघले बुधबार प्रतितोला रु ८८० मा कारोवार भएको चाँदीको मूल्य रु पाँचले घटेर रु ८७५ पुगेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ ।

विश्व बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ५०२.४० अमेरिकी डलर रहेको छ । केहीअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० डलरसम्म पुगेको थियो । महासंघले विश्व बजारमा सुनको मूल्यमा देखिएको गिरावटसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा गिरावट आएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here