काँग्रेस किन्तु परन्तु हुँदै किनारामै सिमीत

0
443

– राजेन्द्र प्रसाद पाठक
लज्जाष्पद चुनावी हार पछि एक अर्कामा दाषारोपण गर्दै सडक सम्मै उत्रने अवस्थामा आई पुगेको काँग्रेस मध्यावधी महाधिवेशन , महासमिती हुँदै जिल्ला सभापतिहरुको भेला सम्म माग गर्दै आई पुग्दा नेतृत्व स्तरमा अत्यन्तै सिथिलता देखियो । के केन हुन्छ भनेर आसा राख्ने कार्यकर्ता सम्म आईपुग्दा पनि यो भेलाले गुटलाई नै बलियो तुल्याउने भन्दा खासै फरक देखिएन । देउवा पक्ष कमजोर रहेको सावित गर्नकै लागी त यो भेला आवश्यक पनि थिएन होला ।

हाल सम्म भएको बिभिन्न भातृ संगठनहरुको महाधिवेशनले नै यो सावित गरी सकेको थियो । काँग्रेस नेतृत्वलाई नयाँ उचाई दिने र एक ढिक्का बनाएर आगामी चुनावमा सत्ताधारीलाई टक्कर दिँदै सके सत्ता सम्हाल्ने नसक्दा बलियो प्रतिपक्ष भएर उभिने सम्मको चेष्टा गर्न सक्नुमा नै यो भेलाको औचित्य सवित हुन सक्दथ्यो । अन्यथा झगडा , भनाभन , गुटबन्दी विस्तार र एउटै केकलाई भाग वण्डा लगाएर को ठुलो हुने भन्ने सम्मकै लागी यो मरिहत्य गरिरहनु जरुरी पनि थिएन होला ? नितान्त विपरित ध्रुवमा उभिएका वामघटकहरु आज एक भैसके उनिहरुको धृष्टता सफल भए पनि नभए पनि हामी एक भएर देश बनाउँछौं भन्ने सम्मको छ । उता एउटै पार्टी , एउटै सिद्घान्त , विचार र कार्यदिशा भएका दक्षिणपन्थीहरु मात्र नभएर नितान्त काँग्रेसीहरु भने ज्यालामा नमिलेका ………. कुन्नी केहरु भने जस्तै आ–आफैमा तँछाड मछान गर्न नछोड्नुले आगामी चुनावी मुकावलामा समेत यिनीहरु किनारामा नै सिमीत हुने कुरालाई नकार्न सकिन्न ।

उनिहरु मुल प्रवाहका जलचर होईन किनाराका किटपतंङ्गमा नै रमाउन रुचाउने भएकाछन् । हुन पनि किनारामा बसेर भेलले बगाएर ल्याएको सिनोमा भन्कीने झिङ्गाहरु मुल्खोको सामना गर्नै सक्दैनन् । खोलाको किनारामा अलि नियालेर हेरौं त सिनो माथी लुछाचुँडी गर्ने गिद्घहरु भन्दा नदीको मुल प्रवाहमा डुवुल्की मार्दै त्यही सिनो खाने माछा गोहीहरु कति कलकलाउँदा हुन्छन् ? सिनो खाए पनि सिकार खाए पनि उनिहरु हमेसा पानीले नुहाएका हुन्छन् । उनिहरुको गन्धगी खोलाले बगाएको हुन्छ । विनास काले विपरित बुद्घी”” नास हुने बखत आए पछि अर्ती ओखती होईन विष लाग्न थाल्दछ । मपाँईंत्व बढ्न थाल्दछ ।

मित्रगण भन्दा शत्रुगण प्रिय लाग्न थाल्दछ । गलत निर्णयहरु सहि लाग्न थाल्दछन् । रामसंङ्ग लडाञी हार्नु भन्दा पहिले रावणलाई समेत यस्तै यस्तै लागेको कुरा रामायणमा उल्लेख छ । यती मात्र होईन कुरुक्षेत्रको युद्घ शुरु हुनु भन्दा अगाडी आफ्ना सेनापति भिष्मपितामह प्रतिको दुर्योधनको सोच पनि यस्तै यस्तै नै थियो भन्ने कुरामा महाभारतको कथा सहमती राख्दछ । आज आएर काँग्रेस भित्रै सकुनी र मन्थरा पात्रहरु काँग्रेसी नै भेष धारण गरेर आफ्नो ब्याक्तिगत फाईदाका लागी उनै महाभारतका दुर्योधन र रामायणका कैकेयी पात्रहरुलाई उक्साउँदैछन् । सानो चोईटो पाउँदा समेत खुशीको सिमा नाघ्न सक्ने त्यस्ता सकुनी र मन्थरा पात्रले सिंङ्गो रोटी वा पार्टी सत्ता जे भनौं सबै गमाउँदा समेत उनिहरुलाई किञ्चित लाग्ने छैन । किन भने यि दुवै पात्रहरुको राजनैतिक चरित्र फिरन्ते नै हो । यि जहाँ जहाँ सत्ता र पदको रसरंङ्ग लपेट्न पाईन्छ उतै उतै रमाउन सक्ने स्वाभावका कारण ईतिहाँस देखि वर्तमान सम्म नै चाटुकारीता प्रदर्शन गर्दै आई रहेकाछन् ।

प्रतिकार समुह र प्रतिगमन हुँदै काँग्रेसको मसिहा बन्न सम्म उनिहरुलाई संकोच भएन । आज आएर कहिले कता कहिले कता बन्दै “यता न उता मुलाबारी भित्ता” भएका समेत यिनै हुन् । सत्ता नपाए सत्तोसराप गर्ने सत्ता पाए पछि माखो नमार्ने यथास्थितीवादी चरित्र भएका महाँमण्डलेश्वरहरुले पनि काँग्रेसलाई सिद्घ्याएका हुन् । अहिले आएर देउवा माथी मात्र दोष थुपार्दैमा पार्टी सफल हुने हो र ? केही हद सम्म सभपतिका हैसियतले भार बोक्न बाध्य हुनु एउटा पाटो हुन सक्ला तर सबै कृयाकलापमा उनकै मात्र दायित्व थियो भन्नु अर्को अकर्मण्यता वाहेक केही होईन । उता देउवा पत्नीमुखी मात्र नभई दिएको भए र आफैले निर्णय दिन सक्ने सम्मको भैदिएको भए पनि आज यो अवस्था आउने थिएन होला ? भन्नेहरुको समेत कम जमात छैन । तर कर्यकर्ताको हकमा भन्ने हो भने एउटा सुझाव मननिय हुन सक्ला ।

यस्ता पद र प्रतिष्ठाका लागी जनता र कार्यकर्तालाई भुल भुलैयामा पार्ने चाटुकारहरुबाट भने सधै सावधान रहनुनै उचित होला । यस्ता चाटुकारहरु ज्वाई चेला , कुल कुटुम्व , भाई भारदार , भाञ्जा भतिजा भन्दा बाहिर जानु प–यो भने पनि रुपैयाँ पैसामा पद विनीमय गर्ने सम्मको काम चाहीं उनीहरुबाट संभव होला त्यत्ती भन्दा माथी उनिहरु जान सक्ने संभावना नै छैन । यदी देउवाको पद खोसेर उनिहरुमा सुम्पदैमा पार्टी र कार्यकर्ताको उद्व्वार हुन्छ भन्ने सोच राख्नु अर्को महान भ्रम शिवाय अरु केही हुने छैन । यदी सभापतिबाट देउवालाई च्युत गरेर अर्कोलाई सुम्पंदा अग्रगामी छलाङ्ग मार्न सक्ने । पार्टी , नेता , कार्यकर्तालाई मात्रै नभएर संपुर्ण देशलाई नै अग्रगती प्रदान गर्न सक्ने नेताको खाजी हुन सक्दा मात्र अरु श्रेयकर हुनेछ । अन्यथा कथनको बिरोधाभाष झल्काउने शब्द तर , किन्तु , परन्तु हुँदै अन्तमा किनारामा नै रहन बाध्य हुनु पर्नेमा दुईमत नरहला ।

निचोडमा देश र जनताहरु गाँस , वास , कपास , स्वास्थ , शिक्षा , सुरक्षा , रोजगारी हुँदै उन्नत भविष्यको पवरिकल्पना दिन र साकार पार्न सक्नेहरुमा नै विस्वस्त रहनेछन् । प्रजातन्त्रको शुरुवाती कालमा जस्तो विधी र सिद्घान्तलाई मात्र हेरेर सुनेर जन्ती मलामी समेत नजाने र पानी बाराबार गर्ने सम्मको अवस्थालाई देश जनता र समाजले गुजारी सकेको छ । त्यस्तो स्वर्णकाल नेता र दलहरुका लागी सिद्घान्त आलाप्दा मात्रै पनि सुखद् थियो । तर अवको अवस्था त्यसबाट पार भैसकेको छ । अब जनता सिद्घान्तमा होईन ब्यावहारमा मात्र विस्वास राख्ने भैसकेका छन् । जो कोहीले पनि अबका दिनहरुमा राजनिती नै गर्ने हो भने जनचाहनालाई पुरा गर्ने सम्मको साहस गर्नै पर्दछ । राजनेता विकासको मुल प्रवाहमा पौडन तैयार हुनु पर्दछ । अन्यथा किनारामा नै लुछाचुँडी गर्ने गन्धगी गिद्घे मानसिकतालाई जनताले स्विकार्ने छैनन् । अस्तु !!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here