सरकारको प्राथमिकतामा कान्तिलोकपथ निर्माण कार्य : राणा

0
435

ललितपुर, असोज २६ । कान्तिलोक पथ सरकारको उच्च प्राथमिकतामा रहेको अर्थराज्यमन्त्री उदय शम्शेर राणाले बताएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजधानीलाई तराईसंग जोड्ने सबैभन्दा छोटो दूरीको कान्तिलोकपथ आयोजना निर्माणलाई बजेट अभाव हुन नदिने बताए ।

राणाले कान्तिलोकपथ निर्माणपछि ललितपुरका पहाडी भेगका कृषकहरुलाई गाउँघरमा उत्पादित तरकारी तथा फलफूल सहज रूपमा काठमाडौं पुर्याउन सहज हुने बिश्वास व्यक्त गरे । उनले निर्माणको ६० वर्ष पुगिरहँदा अब भने कान्तिलोकपथले काँचुली फेर्ने दाबी गरे ।

कान्तिलोकपथ पूर्ण सञ्चालनमा आएपछि तीन घण्टामा हेटौंडाबाट ललितपुरको सातदोबाटो पुग्न सकिने अपेक्षा गरिएको छ । हेटौंडादेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here