आगलागी हुँदा २५ लाख बराबरको धनमालमा क्षति

0
734

म्याग्दी, जेठ ७ । म्याग्दीको रघुगंंगा गाउँपालिका–२ भगवतीमा आज बिहान भएको आगलागीमा रु २५ लाख बराबरको धनमालमा क्षति भएको छ ।

भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत् चुहावट भई आगलागी भएको हो । जसमा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाँडाकुँडालगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले बताएको छ ।

रु चार लाख नगद, १३ तोला सुनलगायतका धनमाल जलेर नष्ट हुँदा रु २५ लाखबराबरको क्षति भएको चौकीका प्रमुख ओमबहादुर बोगटीले जनाए ।

बिहान ७ बजेतिर लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here