‘वाम गठबन्धनको सरकारमा ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष’

0
1178

भक्तपुर, पुष ३० । वाम गठबन्धन तोड्न देशीविदेशी शक्ति सक्रिय भएको नेकपा(माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै युवा नेता शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्तिले चलखेल गरे पनि त्यसले पूर्णता पाउन नसक्ने बताए । आगामी पाँच वर्षसम्म वाम गठबन्धनबाट एक प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने गरी दुई पार्टीबीच सहमति हुने बताउँदै उनले वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनेछन् र त्यो कार्यकाल पाँच वर्ष हुनेमा कसैलाई शंका नगर्न म आग्रह गर्छु उनले भने ।

निर्वाचन आयोगले नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानसमेत उल्लंघन भएको उनले टिप्पणी गरे ।

प्रदेश नं ६ को समग्र विकासका लागी सम्पूर्ण राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने बताउँदै उनले प्रदेश राजधानीका बिषयमा ६ नम्बर प्रदेशमा कुने बिबाद नरहेको समते दाबी गरे । ६ नंम्बर प्रदेशमा आफू मुख्य मन्त्रीका लागि योग्य रहेको र जिम्मेवारी बहनको अवसर दिए कुसलतापूर्वक निभाउने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here