जनताले दिएको अवसरलाई सदुपयोग गरेर अघि बढ्नुपर्ने : दाहाल

0
562

काठमाडौँ, वैशाख १८ । राजनीतिक स्थिरता, विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

आज बबरमहलस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कार्यालय भवन उद्घाटन समारोहमा बोल्दै उनले अब विकास र निर्माणले गति लिने विश्वास व्यक्त गरेका छन् ।

जनयुद्ध र शान्ति प्रक्रियामार्फत देशमा ठूलो राजनीतिक परिवर्तन ल्याउन आफूले नेतृत्व गरेको जनाउँदै अध्यक्ष दाहालले जनताको अपेक्षा अनुसार काम गर्ने अवसर प्राप्त भएको बताएका छन् । जनताको अपेक्षाअनुसार काम गर्ने अवसर प्राप्त भएको छ, अब विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा गर्ने जिम्मेवारी पूरा गर्नुपर्छ अध्यक्ष दाहालले भने ।

उनले जनताका अपेक्षा पूरा गर्न कर्मचारीको महत्वपूर्ण भूमिका रहने भएकाले त्यसलाई स्मरण गरेर आ–आफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने बताए । जनताले वामपन्थीलाई मुलुकको समृद्धिका लागि दुई तिहाइ मत दिएको स्मरण गराउँदै अध्यक्ष दाहालले जनताले दिएको अवसरलाई सदुपयोग गरेर अघि बढ्नुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले बदलिँदो परिवेश अनुसार आफूलाई बदल्न कर्मचारीलाई सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here