डा भट्टराईले पछारे नारायणकाजीलाई

0
343

गोरखा, मंसिर २४ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित भएका छन् ।

लोकतान्त्रिक गठबन्धनसँग सहकार्य गरेका उनी गोरखा–२ बाट कांग्रेसका साझा उम्मेदवार बन्दै वाम गठबन्धनबाट उम्मेदवार नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरी ह्याट्रिक गरेका छन् । पहिलो चरणमा भएको (मंसिर १० गते) निर्वाचनको मतपरिणाम गए राति आएको मात्र सम्पन्न भएको थियो ।

बाम गठबन्धनका उम्मेदवार श्रेष्ठले आफ्नो पराजय हुने निश्चित देखेपछि मत गणनामा धाँदली गरी स्थगित गराए पनि पुन मतगणना पश्चात भट्टराई नै विजय हुन सफल भए । गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा भट्टराईले ३१ हजार ८०७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरेका थिए । डा भट्टराई र श्रेष्ठबीचको मतान्तर छ हजार ८७४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

सो क्षेत्रमा दुई हजार ६३८ मत बदर भएको थियो । डा भट्टराई विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा क्रमशः गोरखा २ र १ बाट निर्वाचित भएका थिए । यस पटकको निर्वाचन प्रक्रिया शुरु भएदेखि गोरखा २ चर्चामा रह्यो । माओवादीका पूर्वउपाध्यक्ष डा भट्टराई र श्रेष्ठ एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि कडा टक्कर हुने अनुमान गरिए पनि भट्टराई फराकिलो मतान्तरले विजयी भएका छन् । डा भट्टराईलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here