फरार भएका तीन अभियुक्त पक्राउ

0
403

झापा, फागुन १४ । प्रहरीले जबर्जस्ती करणी र वैदेशिक रोजगारीमा ठगी गरी फरार भएका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक–२ का ३२ वर्षीय क्षितिज राई, सोही स्थानका तुलसी श्रेष्ठ र हल्दिबारी–३ का ३३ वर्षीय जगदीस न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

राई र श्रेष्ठलाई जबर्जस्ती करणी मुद्दा अन्तर्गत जिल्ला अदालत झापाले २०६५ असारमा १२ वर्ष कैद सजाय तोकेको थियो भने न्यौपानेलाई वैदेशिक रोजगार कसुरमा रु एक लाख ७५ हजार जरिवाना र १४ महिना कैद सजाय तोकेको थियो ।प्रहरीको फैसला कार्यान्वयन टोलीले आइतबार उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई झापा जिल्ला अदालत पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिसकिएको जिप्रका झापाका प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here