फागुनको ३ देखि अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुँदै

0
391

काठमाडौँ, माघ २९ । यही फागुनको ३ कृषि क्षेत्रमा थप व्यवसायिक विकास गर्ने ध्येयले दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ ।

फागुन ६ गतेसम्म चल्ने उक्त प्रदर्शनी मिडिया स्पेश सोलुसन्स प्रालिको संयोजनमा भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

सो प्रदर्शनीमा भारत, मलेशिया, चीन, जर्मनीलगायत देशले उत्पादन गरेका कृषियन्त्र र उपकरण रहने छन् । प्रदर्शनीका साथमा कृषि सम्बन्धी गोष्ठीसमेत हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

उक्त पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रमुख सृजल भट्टराईले प्रदर्शनीमा पशुपालन, माछापालन, कुखुरापालन र डेरीका उत्पादनसमेत रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here