राष्ट्रपति निर्वाचनमा मतदान जारी, हालसम्म पचास प्रतिशत मतदान

0
258

काठमाडौँ, फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मध्याह्न १२ः०० बजेसम्म प्रदेशसभाका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये २३७ जनाले मतदान गरिसकेका छन् भने संघीय संसद्का कूल ३३१ सांसदमध्ये २०५ जनाले मतदान गरेका छन् । हालसम्म करिव ५० प्रतिशत मतदान भएको आयोगले बताएको छ ।

पहिलो मतदान संघीय संसद्का सदस्य जिपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गरेका थिए । मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा छिरिसकेका थिए ।

मतदानको समय अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको छ । राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा उत्रिएका छन् ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता रहेको आयोगका प्रवक्ता ढकालले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here