नगर प्रमुखको घरमा बम विस्फोट

0
228

धनगढी, माघ १० । कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ ।

बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिलला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए । घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको बताइएको छ । हावा हुरीसँगै वर्षा भइरहेको समयमा करिब २ बजे राति बम विस्फोटन गराइएको नगर प्रमुख साउदले जानकारी दिए ।

घटनास्थल बाट ३५ मिटर विद्युतीय तारसमेत बरामद भएको छ । स्थानीय तहको निर्वाचनमा साउद एमालेका तर्फबाट गोदावरी नगरको प्रमुखमा निर्वाचित भएका थिए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here