ट्राफिक व्यवस्थापन प्रभावकारी पार्न निर्देशन

0
263

काठमाडौँ, भदौ २४ । जुनसुकै पनि व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउनका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्देशन दिएका छन्

। टाफिक व्यवस्थापनमा समस्या देखिने समस्या सुल्झाउन यस्तो कदम थालिएको हो । आज बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुगमनका क्रममा उनले उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकोले यसलाई सहज तुल्याउन निश्चित कार्ययोजनाका साथ अघि बढ्न महाशाखालाई अनुरोध गरे ।

हाल देशभर ३२ लाख र काठमाडौँ उपत्यकामा आठ लाख सवारी साधन आवातजावत गर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

सवारी चाप घटाएर यातायात आवागमनलाई सहज तुल्याउँदै जनताको इच्छा आकांक्षा अनुुसार ट्राफिक प्रहरी चल्नुपर्नेमा जोड दिए । खनाल प्रहरी महानिरीक्षक हुनुभन्दा पहिला महाशाखाको प्रमुखका रूपमा कार्यरत थिए ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here