आफू बस्ने घर आगो लगायर खरानिको व्यापारमा नाफा नदेख्न नेतालाई अनुरोध

0
53

नेबिसंघको बर्तमान केन्द्रीय समितिलाई दुई महिना मात्र म्याद थप्ने बहुमत नेपाली कांग्रेसमा केन्द्रीय समितिको निर्णयले नेबिसंघ महाधिवेशन केन्द्रित हुन नसक्ने नेबिसंघका केन्द्रिय सदस्य सुशील भट्टले बताए ।

महाधिवेशन सप्पन्न गर्नका लागि छ महिना घटीको समयले नसकिने उनकाे भनाइ छ । मात्र आसन्न नेपाली कांग्रेसको महासमितिको बैठकमा नेबिसंघको समस्या सतहमा नआओस् भन्ने हेतुले गरिएको निर्णयले झन् नेबिसंघमा अस्थिरता थपेको छ ।

नेबिसघंमा आवद्ध सबै साथिहरुको सहभागीतामार्फत १२ महाधिवेशन गर्ने बाटोलाई त्याग्दै बैकल्पिक बाटो प्रयोग गरेर तदर्थ समिति ल्याउने उद्देश्य केन्द्रित नेकाको निर्णयले विद्यार्थीहरु माझ पिय नेबिसंघलाइ नेपाली कांग्रेसका सिमित नेताको नजिका व्यक्तिलाई नेता बनाउन भर्ती केन्द्र बनाउने थलोको रुपमा रुपान्तरण गर्ने प्रयास गरीदै छ । ती नेतालाई आफू बस्ने घर आगो लगायर खरानिको ब्यापारमा नाफा नदेख्न अनुरोध गर्दछु । जय नेपाल ।

सुशील भट्ट (केन्द्रिय सदस्य नेबिसंघ )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here