दुई तिहाइ मतको दुरुपयोगले मुलुकमा खतरा : अध्यक्ष थापा

0
563

चितवन, असार १४ । सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् ।

आज मिडिया नेपाल चितवनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दुई तिहाइ बहुमतको सरकारबाट अहिले जनाताले राजनीतिक स्थायित्व, विकास र समृद्धिको आशा गरेको भन्दै तर सरकारबाट दुई तिहाइ मतको दुरुपयोग गर्दै एक दलीय शासन पद्धति ल्याउने होकि भन्ने आशंका पनि रहेको बताए ।

दुई तिहाइ मतको दुरुपयोगले गर्दा मुलुकमा बिखण्डनकारीले फाइदा लिन सक्ने खतरा पनि कायम नै रहेको उनको भनाइ छ । मुलकमा यस्तो खालको अवस्था सिर्जना हुन नदिनका लागि बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको उनले प्रस्ट पारे ।

अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकताका लागि कुरा भइरहेको भन्दै अघिल्ला पटकको जस्तो छोटो समयमा विभाजन हुने गरी नभई अबको एकता दीर्घकालीन हुने बताए ।

एक फरक प्रसंगमा नेता थापाले हिन्दू राष्ट्रको विषयलाई लिएर राप्रपा सशक्त रुपमा अघि बढ्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here