सडकबाट नै जनताको पक्षमा काम गर्ने : राणा

0
457

काठमाडौँ, माघ १९ । मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्र्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले बताएका छन् ।

पार्टीको ३ नं प्रदेशस्तरीय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष राणाले राष्ट्र र जनताको पक्षमा संसद्मा आवाज उठाउने वातावरण नभएकाले पार्टीले सडकबाट नै उनीहरुको अधिकारका पक्षमा काम गर्ने बताए ।

उनले चुनावमा प्राविधिक कारणले पार्टीका नेताले पराजय भोगको भए पनि जनताको मनबाट पार्टी पराजय नभएको उल्लेख गर्दै मुलुकको नयाँ संरचना अनुसार स्थानीय तह, प्रदेश र केन्द्रसम्म संगठन सुदृढीकरणमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेतले विभिन्न समयमा संगठनभित्र आउने कठिनाइलाई समाधान गर्न आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिए ।

महामन्त्री राजाराम श्रेष्ठले विगतमा भएका कमीकमजोरीको समीक्षा गरी परम्परागत मूल्य र मान्यताको संरक्षणबाट मुलुकलाई अगाडि बढाउन सकिने धारणा व्यक्त गरे ।

उक्त सम्मेलनमा सो प्रदेशका १३ जिल्ला, ३३ निर्वाचन क्षेत्र र ५२ गाउँपालिकाका प्रतिनिधि सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here