एभरेष्ट होटलका सञ्चालक पक्राउ

0
721

काठमाडौँ, माघ २५ । एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई लागुऔषध तस्करी मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक गणेश केसीले लारीलाई आज महाराजगञ्जबाट पक्राउ गरेको जानकारी दिए । अदालतको पत्रका आधारमा फरार सूचीमा रहेका उनलाई पक्राउ गरिएको केसीले बताए । उनलाई आजै अदालत पेश गर्ने तयारी भइरहेको छ ।

सन् १९९७ मा जर्मनीको फ्यांकफर्ट विमानस्थलमा फेला परेको चरेशमा संलग्नताको मुद्दामा दोषी देखिएपछि उनी फरार भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here