राष्ट्रिय समाजसेवी वैद्यसहित नेबिसंघ नेतृहरुबाट सरस्वतीको मूर्ति हस्तान्तरण

0
656

पोखरा विश्वविद्यालयका लागि सिंहमरमर बाट बनेको हंसवाहिनी सरस्वतीको मुर्ति ५५५ किलोको तीन फिट उचाई रहेको५५०००० मूल्यपर्ने मुर्ती राजधानीमा आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ ।

ललितपुर महानगरपालिका वडा नं १५ ताल्छीखेल निवासी विशिष्ट समाजसेवी राष्ट्रिय समाजसेवी प्रा.डा जगदीश वैध र नेपाल विद्यार्थी संघका सह महामंत्री महेश्वरी कुवरबाट पोखरा विश्वविद्यालयका रजिष्टार गोविन्द केसीलाई सो मुर्ति हस्तान्तरण गरिएको हो । यस्तै मुर्ति आजभन्दा पहिले २०७५ असार २६ गते नेपाल प्रज्ञाप्रतिष्ठानको प्रांगणमा स्थापना गरी सो मूर्ति समुद्घाटन सम्माननीय प्रधानमन्त्रीज्यूबाट भइसकेको हो । साथै यस्तै खालका मूर्तिहरू नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा समेत हस्तान्तरण भइसकेको छ । बाँकी ठाउँमा मूर्ति जाने क्रम जारी रहेको वैद्यले जानकारी गराए ।

वैद्यले नेपालभरीका विश्वविद्यालय र संस्थाहरुमा ५५५ किलोको सिंहमरमर बाट बनेको हंसवाहिनी सरस्वतीको मुर्ति दिने क्रम अन्तर्गत आज सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई पनि उक्त मूर्ति हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो । सो कार्यक्रम अन्तर्गत प्रज्ञा प्रतिष्ठानका आजीवन प्रमुख सल्लाहकार समेत रहेका विशिष्ट समाजसेवी, राष्ट्रिय समाजसेवी प्रा.डा जगदीश वैद्यज्यू र नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य श्री रमा थापाले संयुक्त रुपमा उक्त विश्वविद्यालयका सहप्रध्यापक लाई हस्तान्तरण गरे ।

वैद्यले नेपालका लोपोन्मुख गरिब, गुरुवा, जनजाति, दलित, महिला, कुष्ठरोगीका छोराछोरीलाई विसं २०५६ सालदेखि निःशुल्क छात्रवृत्ति दिने क्रममा यो सालपनि ११ जनालाई अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिसकेका छन् ।

वैद्यले २०५० सालको विनाशकारी दैविक प्रकोप, बाढीपहिरो राहत संकलनमा तत्कालीन श्री ५ को सरकारमा जम्मा भएको राहत को ६० प्रतिशत राहत जम्मा गरी ठूलो कृतिमान कायम गरेकोमा राष्ट्रले उनलाई विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवीको पदकबाट सम्मानित गरेको थियो । वैद्यले नेपालको देवालय, शिवालय, मठ, मन्दिर, वेद, बालश्रम, विद्याश्रम, वृद्धाश्रमलाई सक्दो आर्थिक तथा भौतिक सहयोग जुटाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here