एपीएफ टोलीद्वारा शव फेला

0
265

सुर्खेत, जेठ २४ । सशस्त्र प्रहरी बल नेपाल, नम्वर ६ बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको एपिएफ टोलीले जेठ २३ गते भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला पारेको छ ।

सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका ११ पिपीरा बस्ने १४ वर्षीय सन्देश शाही यही जेठ २० गते सो नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सो ठाउँमा खोजी तथा उद्वार कार्यमा खटिएको सशस्त्र प्रहरी निरीक्षक सुनिल कुमार दासको कमाण्डको एपीएफ टोलीले उनको शव घटनास्थल नजिकै नदीको किनारमा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल, नम्वर ६ बाहिनी मुख्यालय सुर्खेतले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here