रुसको आर्थिक विकास दोब्बर भएको राष्ट्रपति पुटिनको दाबी

0
228

मस्को, फागुन २८ । रुसमा आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

उनले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास दोब्बर नै भएको दाबी समेत गरेको बताइएको छ । राष्ट्रपति पुटिनले अमेरिकी ब्रोडकास्टर एनबिसीलाई हालै दिएको एक अन्तरवार्तामा सो दाबी गरेको समाचारमा उल्लेख गरिएको छ । उनले सो अन्तरवार्तामा भनेका छन् – हाम्रो ठूलो उपलब्धि भनेको यही हो कि हामीले यस अवधिमा देशको आर्थिक विकासमा ठूलो बृद्धि गरेका छौँ र यसलाई रुसी जनताले पनि प्रत्यक्ष रुपमा अनूभूति गर्न पाएका छन् ।

उनले रुसको अर्थतन्त्रमा अभूतपूर्व रुपमा परिवर्तन भएको र यो गएका केही वर्षयता निकै उपलब्धिमूलक रहेको समेत बताएका छन् । देशमा भएको आर्थिक बृद्धिका कारण रुसमा गरिबीको रेखामुनी रहेको जनसंख्या पनि घटेको दाबी उनल गरेको समचारमा उल्लेख गरिएको छ ।

देशमा उल्लेखनीय रुपमा आर्थिक विकास जारी रहेको र यसले गर्दा सो स्थानकोे गरिबी पनि आधा घटेको उनको दाबि छ ।

राष्ट्रपति पुटिनले देशको गरिबीलाई कमगर्न गरिब र धनीबीचको अन्तरलाई पनि कमगर्ने कार्यक्रमहरु सुरु गरिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here