उत्पादनमूलक क्षेत्रमा लाग्न युवालाई सञ्चारमन्त्रीको आग्रह

0
472

बनेपा, असार १८ । युवालाई उत्पादनमूलक क्षेत्रमा संलग्न हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनुरोध गरेका छन् ।

आज नेकपाका युवा संगठन (वाइसिएल) नेपाल र युवा संघ नेपाल काभ्रेद्वारा बनेपा नगरपालिका–१० ढुंगेसाँघुस्थित चम्पा विष्टको खेतमा आयोजित ‘जनश्रममा युवा, रोपाइँ कार्यक्रम’मा बोल्दै मन्त्री बाँस्कोटाले सरकारले समृद्ध नेपाल निर्माणको लागि आर्थिक विकासलाई प्राथमिकतामा राखेको बताए ।

सरकारले उत्पादनमूलक कार्यलाई प्राथमिकतामा राखेको बताउँदै उनले युवा वर्गलाई उत्पादनमा लाग्न र आम नागरिक र किसानलाई पनि त्यसमा एकताबद्ध हुन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here