चितवनमा बस पल्टिँदा २४ घाइते

0
465

चितवन, १२ कार्तिक । ट्रिपरको ठक्करबाट चितवनको भरतपुर पानी ट्याङकी ओरालो नजिक यात्रुबाहक बस पल्टिँदा २४ जना घाइते भएका छन् ।

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरको ठक्करबाट घाईते भएकामध्ये २ को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको पुरानो मेडिकल कलेजमा र अन्यको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।

ठक्कर दिने ट्रिपरका चालक फरार भएका छन् भने घाईते भएका बस चालकको प्रहरीको निगरानीमा उपचार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here