कांग्रेसको संसदीय समिति गठन

0
684

धेरै दिनको कसरत र विवाद पछि कांग्रेसको सबैभन्दा शक्तिशाली संरचना संसदीय समिति गठन भएको छ । उम्मेदवार छनोट गर्नका लागि नेपाली कांग्रेसले १७ सदस्यीय संसदीय समिति गठन गरेको हो ।

कांग्रेसको संरचनामा शक्तिशाली भनेर चिनिने संसदीय समिति सभापति देउवाले आजै गठन गरेका हुन् । आज गठन गरिएको उक्त संसदीय समितिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, डा. रामशरण महत, चित्रलेखा यादव, महेश आचार्य, बालकृष्ण खाण, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

सभापति शेरबहादुर देउवाले आजै बालुवाटारमा संसदीय समितिको बैठक डाकेका छन् । कांग्रेसमा बोलीचालीमा संसदीय बोर्डको नामले चिनिने संसदीय समितिले निर्वाचनमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरुको नाम टुंगो लगाउने भएकाले सबैभन्दा शक्तिशाली संरचना मानिन्छ ।

दलको विधानमा पदाधिकारी र बढीमा ८ जना निर्वाचित हुने व्यवस्था रहेको संसदीय समितिमा सभापति बाहेकको व्यक्ति संसदीय दलको नेता हुँदा बढीमा १५ सदस्यीय हुने व्यवस्था छ । तर देउवाले आफ्नै पक्षका नेताहरुको असन्तुष्टि धान्न नसकेपछि १७ सदस्य पुर्याएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here