उपेन्द्र यादवको मन्त्रालय टुंगो लाग्न सकेन

0
233

काठमाडौं, जेठ १८ । संघीय समाजवादी फोरमले प्राप्त गर्ने दुई मन्त्रालयमध्ये एउटा मात्र टुंगो लगाइएको छ ।

फोरमले सहरी तथा विकास मन्त्रालयमा मोहम्मद इस्तियाक राईलाई पठाउने भएको हो । सरकारमा दलको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने भएका छन् ।

यादवले परराष्ट्र मन्त्रालयको दाबी गर्दै आएको भए पनि सो मन्त्रालय नपाएपछि सूचना तथा सञ्चार मन्त्रालय मागेका छन् । त्यो पनि नपाए अन्तिम विकल्पका रुपमा भौतिक योजना तथा श्रम मन्त्रालय दाबी गर्ने फोरमका एक नेताले जनाए ।

आजै दिउँसो २ः३० बजे राष्ट्रपति कार्यालयमा सपथ गर्ने तयारी गरिएको छ । फोरमले पाउने एक राज्यमन्त्री भने पछि पठाउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here