देउसीबाट संकलन भएको रकम फोहोर व्यवस्थापनमा

0
231

सोलुखुम्बु, कात्तिक १० । देउसी भैलोबाट संकलन भएको रकम सामुदायिक रेडियो सोलु एफएमले फोहोर व्यवस्थापनका लागि खर्चिने भएको छ ।

नगरपालिकाको मुख्य चुनौती फोहोर व्यवस्थान देखिएकाले उक्त सामुदायिक रेडियोले फोहोर संकलनका लागि टोकरी राख्ने भएको हो । नगरपालिकाको ३० वटा सार्वजनिक स्थानमा फोहोर फालिने टोकरीको व्यवस्था गर्ने एफएम सञ्चालक समितिका अध्यक्ष बुद्धिनारण श्रेष्ठले जानकारी दिएका छन् ।

सल्लेरीमा सञ्चालन गरिएको देउसी भैलोबाट रु एक लाख ६८ हजार संकलन भएको उक्त रकम फोहोर व्यवस्थापनका लागि खर्च गर्ने भएको हो । पर्यटकीय महत्व बोकेको जिल्ला भएकाले सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको एफएम सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले बताए ।

स्थानीय स्रोत साधनलाई प्रयोग गर्ने उद्देश्यले बेत बाँसबाट बनेको टोकरी राख्ने निर्णय गरिएको हो । टोलसुधार समितिले सरसफाइ गरे पनि सर्वसाधारणको चहलपहल रहने क्षेत्रमा फोहोर राख्ने टोकरी नहुँदा समस्या भएको हो ।

पछिल्लो समय नगरपालिकाको बजार क्षेत्रमा जताततै फोहोरको मात्रा बढ्दै गएपछि चिन्ता व्यक्त गरिँदै आएको थियो । दुई वर्षभित्र सफा सोलुखुम्बु बनाउने लक्ष्य राखेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here