मुल्य वृद्धिको विरोधमा नेविसंघद्वारा आयल निगम अगाडि धर्ना

0
1281

मुल्य वृद्धिको विरुद्धमा देशव्यापी आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले आज देशभरका आयल निगमका कार्यालय अगाडि धर्ना दिएको छ ।

मूल्य समायोजनको नाममा सरकारले अन्तर्राष्ट्रिय बजारमा मुल्य घट्दा नेपालमा बढाउने कार्य गरेको र एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेविसंघले आन्दोलित हुँदै आइरहेको छ ।

यस अघि नेविसंघले पहिलो र दोश्रो चरणका कार्यक्रम अन्तर्गत गत जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम सम्पन्न गरिसकेको छ ।

तेश्रो चरणको कार्यक्रम अन्तर्गत नेविसंघले आज आयल निगमको केन्द्रिय कार्यालय बवरमहल काठमाडौंमा एक घण्टासम्म धर्ना दिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले कम्यूनिष्ठ सरकारले गरेको पेट्रोलियम पदार्थमा सरकारले गरेको चरम मुल्यवृद्धिका कारण दैनिक उपभोग्य समानको मुल्यमासमेत चरम वृद्धि हुँदा पुरै नेपाली जनजीवन महंगीको चपेटामा परेकाले आफुहरुले नेविसंघका लागि मात्र नभएर सबै युवा, विद्यार्थी र जनताको लागि आन्दोलन गरेको बताए ।

अब असारको १० गते सातै प्रदेश मुख्य मन्त्रीलाई ज्ञापनपत्र सहित विरोध जुलुस र १२ गते देशव्यापी रुपमा १० मिनेट आफ्नो सवारी साधन रोकेर मूल्य वृद्धिको विरोध स्वरुप हर्न बजाएर केपी सरकारको कान खुलाउने कार्यक्रम रहेको पनि उनले जानकारी गराएका छन् । सो कार्यक्रमलाई सफल पार्न सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको महरले बताए ।

अहिलेको सरकारले जनताको ढाड सेक्ने गरि गरेको मुल्य वृद्धिका कारण जनता मारमा परेकाले आफुहरु त्यसको विरुद्धमा उत्रिन बाध्य भएको नेविसंघका केन्द्रिय सदस्य सन्जीव न्यौपानेले बताए । सरकारले मुल्य समायोजन नभएर खारेज गर्नुपर्ने उनकाे भनाइ छ ।

विद्यार्थीको हात जनताको साथ भन्ने विशेष अभियान लिएर कम्यूनिष्ठ सरकारको भण्डाफोर गर्न नेविसंघले जनता, विद्यार्थी जगाउँदै थप संघर्षका कार्यक्रम गर्न थालेको नेविसंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here